दफा २९१
सार्वजानिक स्थलमा पशु वा पक्षी मार्न नहुने

(१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैलेपनि कुनै पशु वा पक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमामार्नु हुँदैन।तर परम्परादेखि नै पशु वा पक्षीको बध गर्न चली आएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वापक्षी मार्न वाधा पर्ने छैन।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सार्वजनिक स्थल” भन्नाले बाटो, सडक,पुल, चौर वा मानिस आवत जावत गर्ने ठाउँ सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम बली दिनुपर्दा परम्परादेखि बली दिदै आएको धार्मिकस्थल बाहेक अन्य सार्वजनिक वाधार्मिकस्थलमा पशु वा पक्षीको बली दिन सकिने छैन ।
(३) उपदफा (१) बमोजिम पशु वा पछीको बली दिनुपर्दा पशु वा पक्षीको बलीको विकल्पमा हुन सक्ने अन्य उपाय भएमात्यस्तो उपाय अवलम्बन गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको उपाय अपनाउन सम्भव नभई पशु वा पक्षीको बली दिनु परेमा त्यस प्रयोजनका लागि सम्बन्धितधार्मिक स्थलका व्यवस्थापकले निर्धारण गरेको ठाँउमा र निर्धारण गरेको विधि बमोजिम बली दिने काम गर्नु पर्नेछ।
(५) यस दफा बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवैसजाय हुनेछ ।